हिजो जस्तो लाग्छ, ६ वर्ष बितिसकेछ । यस अवधिमा बाग्मती नदिमा धेरै पानी बगिसक्यो । मुलुकको राजनीतिमा ठूलो उथलपुथल आएको छ र यो जारी छ । ६ वर्ष अगाडीको लोकप्रिय राजसंस्था अब चरम अलोकपि्रय भएर अहिले समाप्तिको बिन्दुमा छ । चार सय वर्षपुरानो राजतन्त्रको अवसान कुनै सामान्य घटना होइन । राजसंस्था र राजतन्त्रको भविष्य संकटमा रहेको यो समयमा हामी लोकप्रिय राजा विरेन्द्र र उनको सपरिवार कत्लेआम भएको घटना फेरी सम्झिदैछौं । नेपाल बाहेक अरु कुनै देशमा यो घटना भएको भए यसको अनुसन्धानको लागि राज्यले भएभरको प्रयत्न्न खन्याउन्थ्यो र घटनाका केस्रा केस्रा बाहिर आउथे । तर हाम्रो सरकारले एउटा राजनीतज्ञको नेतृत्वमा झाराटरुवा आयोग ठन गरेर आफ्नो ति जम्मेवारी पूरा गरेको सम्झ्यो । त्यस आयोगले हचुवामा एउटा प्रतिवेदन तयार पार्यो जसलाई पत्याउने भन्दा नपत्याउने धेरै भए । व्यक्तिगत रुपमा भन्नुपर्दा सो नरसंहारको एकमात्र खलनायक तत्कालिन यूवराजधिराज नै हुन् भन्नेमा म पहिल्यै देखि विश्वस्त छु । तर यो विचारसित सहमत मान्छे मैले विरलै भेटेको छु । जोसित पनि म दरबार हत्यारकाण्डको विषयमा म कुरा गर्छु मेरो तर्कबाट उ या निराश हुन्छ या क्रोधित । जति तितो भए पनि सत्य आखिर सत्य नै हौ । अहिलेसम्म सो घटनाका प्रत्यक्षदर्शी एवं सबै विक्ष्वस्त सूत्रहरुले दिपेन्द्र नै हत्यारा भएको बताउछन् । वर्तमान राजालाई बिना आधार हत्याको सूत्रधार ठहर्याउन खोज्नु बिल्कुल काल्पनिक र राजाप्रति हाम्रो घृणाको अभिव्यक्ति मात्र हो । यो एक निर्दोष व्यक्तिका विरुद्धको मानवीय अपराध ठहरिने छ । त्यसैले वर्तमान सरकारले एउटा भरपर्दो आयोग गठन गरेर सम्पूर्ण सत्य बाहिर ल्याउनु जरुरी छ । रानाभाट आयोगको जस्तो बकम्फुसे र हावादारी तरीकाले होइन ।
६ वर्ष अघिको घाउ
Junio 4, 2007 de lovenepal


