चौरासी वर्षको उमेर भनेको काल पर्खिने उमेर हो । भनौं, डाँडामाथीको घाम । उमेरले गिरिजा डाँडामाथीका घाम हुन् । तर यीनै डाँडामाथीका घामले अहिले देश चलाइरहेका छन्। चलाइरहेका छन् के भन्नु, देश बिगारिरहेका छन् भन्दा ठिक होला ।
बुढाले अस्ति चौरासी वर्ष टेके अरे । अर्थात बुढाको आयु एक वर्ष घटेको छ । काल पर्खेर बस्ने यो उमेरमा देश हाँक्न पाउने भाग्यमानी संसारमा कमै होलान् । त्यसो त अहिले राष्ट्राध्यक्षको समेत जिम्मेवारी बोकेका गिरिजा अधिकांस समय ओछ्यानमा थला परिरहेका हुन्छन् । तैपनि उनले पद छोड्ने कुनै चेष्टा देखाएका छैनन् । किन छाड्ने, आखिर कतैबाट उनको राजीनामा पनि त मागिएको छैन । कुर्सी बिनाको गिरिजा पानी बिनाको माछा जस्तै हुन् । त्यसैले मलाई पक्का विश्वास छ कि आफ्नो अन्तिम स्वास लिदासम्म गिरिजा प्रधानमन्त्रीको कुर्सीमा लिसो झैं टाँसिइरहने छन् । गिरिजालाई प्रधानमन्त्रीको रुपमा देख्न नचाहनेहरुले उनको मृत्यूको प्रतिक्षा गर्नुबाहेक अर्को बिकल्प छैन ।
म अचेल धेरैको मुखबाट सुन्छु कि गिरिजा अहिले मरे भने त देश बर्वाद हुन्छ । म भन्छु के अहिले सद्दे छ देश ? अनी देशलाई यो अवस्थामा पुर्याउनमा जिम्मेवार प्रमुख पात्र को हो ? मेरो बिचारमा त प्रजातन्त्र पुनर्स्थापनापछि नेपालका सबैभन्दा ठुला खलपात्र नै गिरिजा हुन् । उनले टनकपुर बेचे । लाउडा खाए । धमिजा काण्डमा अदालत धाए । उनकै पालामा देशमा अनेकानेक संकट निस्कन्छन् । तर यीनै खलनायकको अहिले सर्वत्र जयजयकार छ । आफ्नो परिवार र विशेषगरी छोरीको अगाडी सँधै नतमस्तक हुने यीनै कपटी बुढा अहिले दक्षिण एशियाकै महान नेता अरे । धिक्कार होस ।


